काठमाडौँ- सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ थियो । आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।