डोटीमा ग्याँस लिक भएर आगलागी हुँदा १२ लाखको क्षती

अत्तरिया – डोटीमा ग्याँस लिक भएर आगलागी हुँदा १२ लाखको क्षती भएको छ । मंगलबार शिखर नगरपालिका – २ कालागाड स्थित डम्मर बहादुर जोराको किराना पसल, होटलमा खाना पकाउने ग्याँस लिक भई अचानक आगलागी १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।

maya metro hospital

आगलागी हुँदा होटल र पसल भित्र रहेका नगद, फर्निचर, भाँडा वर्तन, फ्रिज, खाद्यान्न, १० वटा बोईलर कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.