प्रतिनिधि सभाबाट बजेट पारित

काठमाडौँ- प्रतिनिधि सभाबाट आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राखृको प्रस्ताव बहुमतले पारित भएको हो ।

maya metro hospital

सरकारले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिनिधि सभामा गएको जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.