खाेज्नुहाेस

कैलालीका १२ स्थानीय तहले ल्याए साढे १० अर्बको बजेट

Image

धनगढी – कैलालीका १२ वटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । १० असारभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार १२ स्थानीय तहले निर्धारित समयमै ल्याएका हुन् ।

एउटा उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीमा लम्कीचुहा बाहेकका पालिकाले अगामी आर्थिक वर्षका लागि साढे १० अर्ब बराबरको बजेट ल्याएका छन् ।
कैलालीमा अगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै धनगढी उपमहानगरपालिकाले बजेट ल्याएको छ । ७ असारमा ११ औँ नगर सभा बैठकमा उपप्रमुख कन्दकला रानाले २ अर्ब १८ करोड ८२ लाख बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।

attariya hospital
navjiwan hospital

गोदावरी नगरपालिकाले १ अर्ब २२ करोड ३३ लाख ६५ हजार, घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार, गौरीगंगा नगरपालिकाले ९५ करोड ४५ लाख, टीकापुर नगरपालिकाले ८५ करोड ४४ लाख, भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजार बराबरको बजेट ल्याएको छ ।

बर्दगोरिया गाउँपालिकाले ८० करोड १ लाख, कैलारी गाउँपालिकाले ७७ करोड २१ लाख, जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख, जोशीपुर गाउँपालिकाले ५५ करोड ३ लाख, मोहन्याल गाउँपालिकाले ५३ करोड ८८ लाख र चुरे गाउँपालिकाले ४८ करोड ६४ लाख बजेट ल्याएको छ ।

लम्कीचुहाकी मेयर बैदेशिक भ्रमणमा रहेकाले बजेट नल्याइएको जनाइएको छ । नगरपालिकाले बजेट प्रयोजनका लागि असार २५ गतेका लागि नगरसभा बोलाएको छ ।