धनगढी – कैलालीबाट लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकेपछि फरार रहेका गौरीगंगा नगरपालिका–२ बस्ने २५ वर्षीय निर्मल चन्द पक्राउ परेका हुन्।

चन्दलाई सोमवार इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


















