अत्तरिया- कैलालीको अत्तरियामा बिग्रिएका सिसिटीभी क्यामरा मर्मत गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेती अर्न्तगत पर्ने राजमार्ग र बजार क्षेत्रमा जडान गरिएका सिसिटीभी क्यामराहरु मर्मत गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षक उद्धवराज भट्टको कमाण्डमा खटिएको टोलीले सो क्षेत्रमा जडान गरिएका १३ थान सिसिटीभी क्यामराहरु मर्मत गरेको प्रहरीले बताएको छ ।




















