
काठमाडौँ- आइतबार सुनको मूल्य दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रबार सुन तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी पनि ५० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

















