खाेज्नुहाेस

धनगढीबाट ७ जुवाडे पक्राउ

Image

अत्तरिया – कैलालीको धनगढीबाट प्रहरीले ७ जुवाडेलाई पक्राउ गरेको छ । शनिबार धनगढी उपमहानगरपालिका – ३ रिङरोड स्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ परेका हुन ।

navjiwan hospital

प्रदेश प्रहरी कार्यालयले गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली हिरा गजुरेल सहित ७ जनालाई पक्राउ गरेको जनाएको छ । अन्य पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

attariya hospital

उनीहरुको साथबाट ६५ हजार ५०५ रुपैयाँ सहित ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।