खाेज्नुहाेस

अत्तरियामा ठेकेदारले कालोपत्रे उप्काएको गल्ली हिलाम्मे, चोकमा पनि पानी जम्यो

Image

अत्तरिया – एक महिना अघि नै कालोपत्रे गर्ने भन्दै भएको कालोपत्रे पनि उप्काइएको अत्तरियाको आदर्श गल्ली हिलाम्मे भएको छ । शनिवार बिहान परेको पानीले गल्ली पुरै हिलाम्मे भएको हो ।

गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर भित्रका ३६ वटा सडक कालोपत्रे गर्ने क्रममा छनोटमा परेको यो गल्लीमा ठेकेदारले एक महिना अघि नै कालोपत्रे गर्ने भन्दै पुरानो कालोपत्रे पनि जेसिबी लगाएका उप्काएका थिए ।

attariya hospital

नगरपालिकाले सडक कालोपत्रेका लागि कुमार शिशिर कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको थियो । सडकको कालोपत्रे उप्काएर ठेकेदार बेपत्ता भएपछि अहिले स्थानीयले सास्ती खेप्नु परेको छ । थोरै पानी पर्दा पनि सडक हिलाम्मे हुन थालेको छ ।

बिहान परेको पानीले अत्तरिया चोकमा पनि पानी जमेको छ । नालाको निकास नहुँदा चोकमा पानी जमेको हो । स्थानीय लीला वल्लभ खनालले सानै पानीले पनि तलाउ बनेकाले ठुलो पानी परे झनै समस्या हुने बताए । उनले पानीको निकासका लागि नगरपालिका, सडक डिभिजन कार्यालयले ध्यान दिनुपर्ने बताए ।

navjiwan hospital

अत्तरिया चोकमा मोहना अत्तरिया ६ लेन सडक निर्माण भएदेखि नै डुबान हुने गरेको छ । यसअघि पुरै चोक डुबानमा पर्ने गरेकोमा गत वर्ष चोक परिपरी मुख्य सडकमा भरान गरेर कालोपत्रे गरिएको भएपनि चोक वरिपरिको सर्भिस लेन सडकमा भने अझै पनि पानी जम्ने गरेको छ ।

अत्तरिया आसपासका क्षेत्रमा लामो समयको खडेरी पश्चात् शनिवार वर्षा भएको थियो । वर्षा भएपछि गर्मीले आजित यस क्षेत्रका जनताले केही भने राहत महसुस गरेका छन् । रोपाइमा व्यस्त किसानलाई पनि वर्षाले राहत गरेको छ ।

सम्बन्धित समाचार :अत्तरियामा सडकको कालोपत्रे उप्काएर ठेकेदार बेपत्ता

अत्तरिया चोकको सुन्दरतालाई गिज्याउनले भताभुङ्ग नाला