धनगढी – कैलालीमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। टीकापुर नगरपालिका–७ स्थित सडक खण्डमा अटोले स्थानीय पैदल यात्री ६५ वर्षीया पटारी चौधरीलाई ठक्कर दिँदा मृत्यु भएको हो।

से १ ह १०९५ नम्बरको अटोले ठक्करबाट घाईते भएकी चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

अटो र अटो चालक टीकापुर नगरपालिका–९ का ४८ वर्षीय तपेन्द्र धामीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।















