खाेज्नुहाेस

सशस्त्र प्रहरी बलसहितको टोली कोरोनापछि पहिलो पटक पुग्यो उरै नाका

Image

बझाङ – तिब्बतसँग सिमा जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको टोलीले निरिक्षण गरेको छ । कोरोना महामारी पछि पहिलो पटक सशस्त्र प्रहरी बल सहितको सरकारी टोलीले उरैको निरिक्षण गरेको हो ।

टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भ लगायत पुलान वरपरको भूभागको निरिक्षण गरेको बताईएको छ ।

attariya hospital
navjiwan hospital

टोलीमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको सहभागिता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको बताईन । उनले ५ हजार २ सय मिटर उचाईमा रहेको २ नम्बर पिल्लर र आसपासको क्षेत्रको अनुगमन गरिएको उनले बताईन ।

टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए । आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुने बताईएको छ ।