डोटी- डोटीमा कृत्रिम घटना अभ्यास गरिएको छ । दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती नदीमा विपद् उद्धार तथा प्रतिकार्य ‘मनसुन–४’ को कृत्रिम घटना अभ्यास गरिएको हो ।

सोमबार नेपाली सेनाको भैरवप्रसाद गणको आयोजना तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी नं ३६ गण लगायतको समन्वयमा अभ्यास प्रदर्शन गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बताए ।

मनसुन नजिकिँदै गएकाले खोला तथा नदी आसपासका वस्तिहरूमा बाढी पहिरोको जोखिम हुने भएकाले प्राकृतिक विपद्को समयमा स्थानीय स्रोत साधनको प्रयोगबाट गर्न सकिने उद्धार कार्यका बारेमा अभ्यास गरिएको बताइएको छ ।

















