काठमाडौँ- इलामको चुलाचुली गाउँपालिका–५ मा रतुवा खोलाले जिप बगाउँदा एक महिला र बालकको मृत्यु भएको छ ।

हिजो रतुवा खोलामा एक्कासी आएको बाढीले लु १ च ९४९१ नम्बरको जिप बगाउँदा माङ्सेबुङ गाउँपालिका–५ की सर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका ३ वर्षीय छोरा निहाङ लिम्बुको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालकाअनुसार दुई जनाको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।
जिप इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकका लागि छुटेको थियो ।















