खाेज्नुहाेस

अत्तरियामा जातीय छुवाछुत उन्मूलन दिवस मनाइयो

Image

अत्तरिया – कैलालीको अत्तरियामा जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ । सोमबार दलित विकास सेवा केन्द्र लगायतका संस्थाहरुको आयोजनामा दिवस मनाइएको हो ।

दिवसको अवसरमा सहभागिहरुले विहान अत्तरिया बजारमा -याली निकालेका थिए । -यालीमा सहभागिले दलित एकता जिन्दावाद, दलित समुदायको राजनैतिक अधिकार सुनिश्चित गर, जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कारवाही गर, राज्य सत्तामा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर लगायतका नारा लगाएका थिए ।

attariya hospital

अत्तरियाको दुर्गा मन्दिरबाट सुरु भएको -याली अत्तरिया बजार परिक्रमा गरेर पतन्जली योग हलमा पुगेर समापन गरिएको थियो ।

navjiwan hospital

दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष गणेश विक रहेका थिए ।

सरकारले नेपाललाई आजकै दिन २०६३ जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसैको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।