गोदावरी नगरपालिकाद्धारा ६ लेन सडकका डिभाईडर हटाउन सुरु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले सडक क्षेत्रमा राखिएका डिभाईडर हटाउन थालेको छ । नगरपालिकाले आईतबार देखि अत्तरिया मोहना ६ लेन सडकमा राखिएका डिभाईडरहरु हटाउन थालेको हो ।
डिभाईडरका कारण सडकक्षेत्र साघुँरो भएको र दुर्घटनाको जोखिम बढेकाले हटाउन थालिएको नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बताएका छन । उनले पहिलेदेखी नै उक्त डिभाइडरहरु हटाउने भन्दै आएकोमा अहिले आएर सफल भएको बताए ।

Karma Consultancy
belauri nagarpalika

मेयर भट्टले उक्त डिभाईडरहरु सडकबाट हटाएर खुटिया पुल नजिकै तटबन्धन गरिरहेको बताए । उनले सडक सँग नै सम्बन्धीत भएकाले पुलको सुरक्षाका लागि भनेर डिभाईडरले खुटिया खोलामा तटबन्धन गरिरहेको बताए ।

citizen security services

खुटियामा ३३१ थान डिभाईडर राखिएको बताउदै उनले केही थान डिभाईडर गोदावरीमा पनि राखिने बताए । महाकाली नदी र गोदावरी नदीले समस्या पारेका सडकहरुमा तटबन्धनका लागि लैजान सडक विभागले अनुमती दिएको उनले बताए । उनले तटबन्धनले पुलको संरक्षणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.