
‘हामी सँग जे छ त्यसैमा खुसिहुन सक्ने कला सन्तोषम परम सुखम हो ।’ जीवनका आवश्यकता असिमित छन् । साधन सीमित छन् । पछिल्लो समय हाम्रो समाजमा आवश्यकताको पूर्ण प्राप्तिको लागि जीवनका हरेक खुसीलाई आवश्यकता सँग बन्धकी राखी सामाजिक परम्पराको उल्लङ्घन देश प्रतिको जिम्मेवारी,परिवार प्रतिको भरोसा अनि समाज प्रतिको दाइत्वको प्रभाव नगिर हाम्रो पछिल्लो पुस्ता देखा–सेखी सँगै आधुनिक युगका गुडियारूपी बस्तु जो भौतिक रूपमा सन्तुष्ट बनाए पनि मानसिक रूपमा आनन्दित बनाउन सक्दैन ।


मानवीय एक गुण लक्ष्य निर्धारण गर्नु हो । जीवनमा लक्ष्य प्राप्त गर्नु नै आत्मीय आनन्द हो । तर भौतिक बस्तु तथा सुख प्राप्तिले केवल शारीरिक आनन्द दिन सक्छ । तर हजार गुणा फाइदारूपी हाम्रो आत्मीय सन्तुष्टि दिन सक्दैन । यदि कुनै ब्यक्तिको जीवनको अन्तीम लक्ष्य खुसी हुनु हो भने सन्तोषम परम सुखम उसको लागि शतप्रतिसत सत्य हो ।
पछिल्लो समय हामी विभिन्न सामाजिक सञ्जालमा सन्तोष भएका कयौँ देखावटी आनन्दमय तस्बिरहरू शेयर गर्छौ । वास्तवमा जीवन कसैसँग देखाएर सन्तोष छ । भन्ने प्रमाणित गर्न सक्दैनौ । हाम्रो जीवन सन्तोष बनाउन हामी आध्यात्मिक बलियो बन्नु पर्छ । अनि सामाजिक दयालु सँगै अर्काको सुखमा रमाउने र अरूको दुःखमा सहयोग गर्नु मानवीय धर्म बनाउन सक्नु पर्छ । जीवनलाई सरल सहज बनाउन हामीले हाम्रो मनलाई स्वछ सफा अनि मिजासिलो बनाउन जरुरी छ । हजार वर्ष तपस्याको एक मात्र लक्ष्य सन्तोषम परम सुख प्राप्तको लागि गरिएको एक सङ्घर्ष हो ।

समाजमा नैतिक शिक्षा सिकाउने महत्त्वपूर्ण एक बलियो आधार सन्तोषम परम सुखम हो । अनुशासन त्यहाँ पालना हुन्छ । जहाँको मानवीय व्यवहार सन्तोषम परम सुखमको परिधिमा बाँधिएको हुन्छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न अपराध गरेको ठहर गर्ने अदालतले उनीमा सन्तोष परम सुखम ज्ञानको अभाव थियो भन्ने प्रमाणित किन ? गर्न सकेन किनकि ? त्यहाँको कानुनविद् पनि यो विषयमा अनविज्ञ थियो । हामीले जीवनमा लक्ष्य तय गर्नु स्वाभाविक हो ।
सबैको जीवन सबै कुरामा भरिपूर्ण नभएर होला । जीवन एक सङ्घर्ष हो । भनिएको हाम्रो जीवनमा हुने सकारात्मक होस या नकारात्मक घटना प्रति भएको हाम्रो सकारात्मक विचार नै सन्तोषम परम सुखम हो । खप्तड बाबाले नेपालको खप्तड भूमिमा गरिएको तपस्याको एक मात्र उद्देश्य सन्तोषम परम सुखम थियो । त्यो उहाँले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । यो संसारमा बौद्धिक विचार भएको एक मात्र हामी मानव पछिल्लो समय बढी महत्वाकाक्षी भयर होला समाजमा विभिन्न विकृति घटना बढिरहेको छन् । हामी हाम्रो गीता वेद अनि धर्मग्रन्थमा लेखिएका विभिन्न बिचार, दर्शनको अनु पालना नगरेको कारण मानवीय जीवन अस्तव्यस्त भएको पाइन्छ । हामीले जीवनलाई सार्थक बनाउन पहिले जीवनको महत्त्व अनि दार्शनिक विचारलाई अनुसरण गरी जीवनलाई सन्तोषम परम सुखमको अन्तिम चरणमा पुराउन सक्छौ ।
देशमा भएका ठुला भ्रष्ट्राचार होस, या सहकारी घटना होस अन्य जुनसुकै अपराध ती सबै धार्मिक कानुन विपरीत छन् । त्यस्ता अपराधको सजाय देशको कानुन दिन नसके हाम्रो धर्मशास्त्र अध्ययनको प्रत्येक हरफले दिने छ । अपराध महत्वाकाक्षाले जन्माउने कु–संस्कार हो यसको निर्मूलको लागि मानव मस्तिष्कमा सन्तोषम परम सुखको बिचार पैदा गर्न जरुरी छ । अतः मानवीय चोला ८४ हजार जुनी पछि पाउने महत्त्वपूर्ण चोलाको सही सदुपयोग गरी समाजमा मानवीय व्यवहार समाज, देश प्रतिको बफादारिताको लागि हाम्रो परिस्थिति सँगै मनस्थिति परिवर्तन जन–जनमा सन्तोषम परम सुखम भन्ने भावलाई विकास गर्दै सनातन धर्म हाम्रो सम्पत्ति हो भन्ने प्रमाणित गरौँ ।
लेखक : खेम राज ओझा
ठेगाना : गोदावरी नगरपालिका – २ अत्तरिया, कैलाली