डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक पाइएनन्

डडेल्धुरा- डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

maya metro hospital

शनिबार जिल्लाको अमरगढी नगरपालिका–१ मा बागमती प्रदेश ०१००४ क २२५३ नम्बरको टिप्पर दुर्घटना भएको थियो । दुर्घटनामा सोही ठाउँ बस्ने सहचालक २२ वर्षीय केशव ऐरको मृत्यु भएको प्रहरीले बताएको छ ।

ट्रकमा चालक र सहचालक रहेकामा चालक ३२ वर्षीय रामबहादुर ऐर अहिलेसम्म नपाइएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले बताए । उनले घटनास्थलमा चालकको खोजी गर्दा नपाइएको बताए । चालक हाम फालेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.