दर्शकसँग भेटघाट गर्न धनगढी आउँदै पल शाह

धनगढी – नेपाली सिने जगतका चर्चित नायक पल शाह धनगढी आउने भएका छन । पुजार सार्की फिल्ममार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका नायक शाह सोमबार धनगढी आउने भएका हुन ।

maya metro hospital

पुजार सार्की फिल्म रिलिजको दोस्रो हप्ता आफ्ना दर्शकलाई भेट्न धनगढी आउन लागेको शाहले बताएका छन । सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै शाहले आफू र पुजार सार्की टिमलाई माया गर्ने दर्शकलाई भेट्न धनगढीको एसटिएस सिनेमा हलमा आउन लागेको जानकारी गराएका थिए ।

त्यस्तै फिल्म रिलिजको पहिलो हप्ता दर्शकलाई भेट्न काठमाडौं र जापानको टोकियोस्थित विभिन्न फिल्म हलमा पुगेका शाहले फिल्म रिलिजको दोस्रो हप्तासम्म पनि दर्शकमा त्यही उत्साह पाएको बताएका छन ।

attariya hospital

यता पल शाह धनगढी आउने भन्ने खबरले सोमबार पुजार सार्की फिल्मका लागि टिकट बुकिङ्ग गर्नेहरु बढेको एसटिएस सिनेमा हलका म्यानेजर योगेन्द्र नायकले बताएका छन । सोमबारका लागि अग्रिम टिकट बुकिङ्गको समेत सुविधा भएको भन्दै उनले बेलैमा आफ्नो सिट सुरक्षित राख्न पनि आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.