खाेज्नुहाेस

७३ हजार बढीका अवैध भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया– प्रहरीले ७३ हजार बढीका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । आईतबार कैलालीबाट ५१ हजार र कञ्चनपुरबाट २२ हजार ५२८ का अवैध भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो ।

navjiwan hospital

कैलालीको टीकापुर नगरपालिका– ६ बाणीघाट पुलबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ५१ हजार मुल्य बराबरको सुर्ति बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

attariya hospital

यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अन्दाजी २२ हजार ५२८ मुल्य बराबरका कपडा र किराना लगायतका सामानहरु बरामद गरेको छ । आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले उक्त सामानहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।