कैलाली कञ्चनपुरबाट अबैध भन्सार छलिका सामान बरामद

अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । शुक्रबार प्रहरीले कैलालीको धनगढी, टीकापुर, भजनी र कञ्चनपुरको बेलौरीबाट भन्सार छलिका सामान बरामद गरेको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका – १ पार्कमोड, धनगढी – २ ट्राफिक चौराह, टीकापुर नगरपालिका – ९ बालुवाटार र भजनी नगरपालिका – कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जसमा प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु रहेका छन

attariya hospital

त्यस्तै बेलौरी नगरपालिका – १ फटैया पिपल चौतारा, बेलौरी – ६ भुराकोट र बेलौरी – ७ पौलाहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५० हजार ८१५ रुपैयाँ बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ । जसमा बिडी, सुर्ती, पेय पदार्थ, छोहरा, खाने तेल, कराई, कचौरा, नट बोल्ड, प्लाष्टिक झिल्ली, मोटरसाईकल लगायतका सामानहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.