अत्तरिया – कैलालीमा सञ्चालित बालबालिकाका लागि सार्वजनिक बित्तिय प्रणाली तथा बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा कंचनपुरमा रहेको निड्स नेपाल ले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा सुदुरपस्चिम प्रदेश भरिका विभिन्न पालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा लैंगिक हिंसाको न्युनिकरण, बालबालिकामा लगानिको आवस्यकता, बालबालिकामैत्री बित्त ब्यवस्थापन, स्थानिय नीति निर्माण प्रकृया, किशोरी सशक्तिकरण कार्यक्रम, बाल संरक्षण र बाल अधिकार लगायतका बिषयहरुमा छलफल भएको थियो ।

सहभागिहरुले कार्यक्रम महत्वपुर्ण भएको बताएका थिए । डोटीको दिपालय सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिँ खड्का (विजय) ले कार्यक्रम एकदमै महत्वपुर्ण भएको बताए । उनले बालसुधार र बालसंरक्षणका सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हुनाले यसको विशेषता फरक भएको बताए । ‘हामी पनि कुनै अवस्थामा बालक थियौँ, हामीलाई पनि त्यो आवश्यक थियो’ उनले भने ‘आजको बालबालिकाहरुको संरक्षण गर्ने, उनिहरुलाई सुरक्षा दिने, व्यवस्थापन गर्ने कुरा एउटा पालिकाका लागि मात्रै नभई संसारकै लागि महत्वपुर्ण कुरा हो ।’ उनले आफ्नो पालिकाले बालबालिकालाई व्यवस्थापन गर्ने सवालमा काम गरिरहेको बताए ।

उनले दिपालय सिलगढी नगरपालिकाले ४ वटा वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरिसकेको, एउटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिसकेको र बालसञ्जाल, बालक्लब, बालकोष लगायतका सबै प्रकृयाहरु पुरा गरिसकेको बताए । उनले अझै आगामी दिनहरुमा बजेट छुट्याएर प्रतिफल आउने किसिमले बालबालिकालाई सुरक्षित भएको आभास दिलाउने केही कामहरु गरिरहेको बताए । उनले विश्वको नै सर्वमान्य आवश्यकता भएकाले बालबालिकासम्बन्धी का सवालहरुलाई विशेष महत्वका साथ अग्रपंतीमा राखेर आफुले काम गर्ने बताए ।
कार्यक्रमका अन्य सहभागीहरुले पनि आफ्नो पालिकालाई बालमैत्री पालिका बनाउने विषयमा ऐक्यवद्धता जनाएका थिए ।
कार्यक्रममा सहजिकरण गरिरहेका युनिसेफका सामाजिक विज्ञ ठाकुर ढकालले बालबालिका र विशेष गरी महिलाहरुको समग्र वृद्धिविकासका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले युरोपियन युनियनको सहयोगमा देशका ३२ वटा पालिकाहरुमा उक्त कार्यक्रम आयोजना भैरहेको बताए । उनले सुदूरपश्चिमका मात्रै १० वटा पालिकाहरुमा उक्त कार्यक्रम सञ्चालन भैरहेको बताए । उनले योजना निर्माणको समय भएकाले बालबालिकाका क्षेत्रमा र महिलाका क्षेत्रमा हुनुपर्ने कार्यहरुका बारेमा स्थानियपालिकाका प्रतिनिधिहरुसँग छलफल गरिएको बताए । पालिकाबाट सहभागिता राम्रो भएकाले कार्यक्रम प्रभावकारी भएको अनुभव गरेको उनले बताए ।
कार्यक्रममा युनिसेफका प्रतिनिधि प्रकाश आचार्य, डि एन शर्मा, यु.एन.एफ.पि.ए का कृष्ण चौधरी, निड्स नेपालका कानिनी सल्लाहकार झंकर कुँवर, सामाजिक बिकास मन्त्रालयकी जयन्ती गिरि, यु.एन. वुमनका प्रतिभा चौधरी र सामजिक सुरक्षा नागरिक समाज संजालकी तारा धितालले सहजिकरण गरेका थिए ।