हातहतियार मुद्दामा फरार डडेल्धुराका वीरसिंह पक्राउ

अत्तरिया- डडेल्धुरामा फरार रहेका एक पुरुष पक्राउ परेका छन् । अजयमेरु गाउँपालिका-६ बस्ने अन्दाजी ४० वर्षका वीरसिंह भण्डारी पक्राउ परेका हुन् ।

maya metro hospital

जिल्ला अदालत डडेल्धुराको २०८० भदौ १० गतेको फैसलाले अवैध हातहतियार मुद्दामा ३ महिना कैद सजाय र ३० हजार २०० रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको टोलीले हिजो पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.