खाेज्नुहाेस

गर्मी तथा जाडो विदा : एक चर्चा

Image

नेपालको तराई क्षेत्रमा गर्मी र जाडो बढ्दा विद्यालय पुर्ण चलाउने, आंशिक रुपमा चलाउने वा बन्द गर्नुपर्ने भन्ने बिषयमा अनेकन थरीका बहसहरु चल्ने गर्दछन, सुझाव सल्लाहहरु सामाजिक सञ्जालमा देख्न पाइन्छन । गर्मी होस या जाडो, जोखिमपुर्ण अवस्थामा विद्यालयहरु सञ्चालन गर्नुपर्दा बालबालिकाको स्वास्थ्य सुरक्षाको ख्याल गर्नु जिम्मेवार नागरिकको कर्तब्य हो । त्यसैले यस्ता बहसहरुको स्वागत गर्दै अब यी बहसहरुको अन्तिम निक्र्याैल के हुन सक्छ भन्ने बिषयको चर्चा गर्न खोज्दैछु ।

गर्मी र जाडोको वेला यति ठुलो बहस सामाजिक सञ्जालमा हुने गरेको विषयमा अलिकति खोज अनुसन्धानको कमी भनौ या अनुसन्धानले यो क्षेत्रलाई छुन नसक्नु दुुखद छ । अमेरिकामा ८० डिग्री फरेनहाइट गर्मी पुग्यो भने अब ऋययष्नि कथकतझ सञ्चालनमा ल्याउनु पर्छ नत्र विद्यार्थीको स्वास्थ्य जोखिम बढछ भनिन्छ । अमेरिकामै गरिएका अनुसन्धानले विद्यार्थीको परीक्षा ८२.५ डिग्री फरेनहाइट भन्दा बढी तापक्रम भएको परीक्षा हलमा लिदा ६% ले विद्यार्थीको पर्फमेन्स घटछ भन्छ । न्युन आय भएका गरीब बालबालिकाहरुको वातानुकुलित कक्षाहरुमा पहुँच न्युन हुँदा सिकाईमा असर परेको छ । फलस्वरुप धनी र गरीबको शैक्षिक स्तरमा ठुलो अन्तर देखिएको कुरा पश्चिमा मुलुकहरुमा भएका अनुसन्धानहरुले देखाएको छ । यी तथ्यहरुबाट हामी प्रष्ट हुन सक्छौ कि अत्याधिक गर्मीका कारणबाट विद्यार्थीको सिकाई तथा स्वास्थ्य दुवै जोखिममा हुन्छन । तसर्थ, हामी सतर्क हुनुपर्छ, यस जोखिमबाट बालबालिकाहरुलाई सुरक्षित राख्नै पर्छ ।

attariya hospital

गर्मी अथवा जाडोको कारण विद्यार्थीको सिकाई र स्वास्थ्य जोखिममा कति वेला हुन्छ त भन्ने कुराको यकिन हुनु जरुरी छ । कति डिग्रीको तापक्रम उच्च मान्ने (बालबालिकाको हितमा मात्रै) कति डिग्रीको तापक्रम न्युन मान्ने सीमा निर्धारण गरिनु पर्छ । यसो गर्दा हाम्रो बालबालिकाको जाडो या गर्मी सहन सक्ने शारीरिक क्षमता कति छ त्यता तर्फ पनि ध्यान जानु आवस्यक हुन्छ । उदाहरणको लागि गर्मीमा पंखा समेत चलाउन नसक्ने गरीब परिवारको बालबालिकाको गर्मी सहन गर्ने उच्च क्षमता हुन्छ, पंखा सम्म चलाउन सक्ने परिवारको बालबालिकाको गर्मी सहन गर्ने क्षमता मध्यम हुन्छ र १६ डिग्री/१८ डिग्री को वातानुकुलित घरमा बस्ने परिवारको बालबालिकाले गर्मी सहन गर्ने क्षमता न्युन हुन्छ ।

navjiwan hospital

त्यसरी नै अत्याधिक चिसोमा पनि एउटा स्वेटर समेत लगाउन नपाउने बालबालिकाको चिसो सहन गर्ने क्षमता पनि अधिक नै हुन्छ । यी समग्र कुराहरुलाई मध्यनजर गरी अत्याधिक गर्मी या अत्याधिक जाडो कुन हदलाई मान्ने भनी सीमा तोकि सके पश्चात त्यस्तो उच्च वा न्युन तापक्रम एउटा शैक्षिक सत्रमा बढिमा कति दिन हुन्छ यकिन गरिनु पर्छ । अनि हामीसंग भएका विदाहरु मध्ये जाडो विदा कति दिन गर्मी विदा कति दिन छुट्टयाउँदा उपयुक्त हुन्थ्यो । अथवा, त्यो विदा मात्रैले समस्या सामाधान नहुन सक्छ, त्यती वेला थप विकल्पहरुको समेत खोजीनीति गरिनु पर्छ । हामी जाडोको बेला जाडो बढी भयो विद्यालय बन्द गर्नु पर्छ भन्छौ, गर्मीको मौसममा गर्मी बढी भयो भन्छौ, विदा खोज्छौ ।

त्यति मात्रै होइन कतिपय ठाउँमा बर्षातको वेला पनि खोलानाला तथा डुबानको समस्याले गर्दा विद्यालय सञ्चालन गर्न सकस परिरहेको हुन्छ । बर्षातमा प्रायः असार २० गते देखि साउन २० गते सम्म १ महिना विदा दिइएको हुन्छ । त्यसमा समस्या रहेन तर यो विदालाई गर्मीसँगै जोडेर जेठ १५/२० गते देखी असार १५/२० गते सम्मको बनाउदा उपयुक्त हुने देखिन्छ । यसो गर्दा दुइ फाइदा हुन्छन, ती के भने पहिलो अत्याधिक गर्मी हुने समय यो बिदामा पर्यो, गर्मीको लागि अलग्गै विदा चाहिएन र दोस्रो प्रायः सबैजसो शिक्षक विद्यार्थीहरु किसान पृष्ठभुमीका हुँनाले सानोतिनो भएपनि सबैको बर्षेवाली धान रोप्ने कार्य हुन्छ नै र सो कार्य समेत यसै विदा भित्र पथ्र्याे, विद्यालय शिक्षक÷कर्मचारीहरुले रोपाइंको छुट्टै विदा लिनु पर्थेन । अर्को विदाको कुरा गर्दा, दशैं सकिएपछि तिहार अगाडी १५ दिन राम्रो पढाइ हुन सक्ने मौसममा विद्यालय वन्द गरेर विदा मनाउने गरिएको छ । यो विदा चाँही किन होला भन्ने प्रश्न मेरो मानसपटलमा वर्षौदेखि अनुत्तरित छ । जेहोस यो विदा पनि त्यति वैज्ञानिक छैन, यो समयलाई पढाइ हुने समयमा राखेर गर्मी र जाडोमा विदा मिलाउन हामीले धेरै खोज अनुसन्धान गर्नु नै पर्दैन ।

विदा हरेक गर्मी र जाडोमा चाहिने तर मिलाउने पो कहाँबाट भनेर वार्षिक क्यालेण्डर फर्काइन्छ । विदा कतै नभेटिदा अन्ततः वार्षिक लामो विदाबाट कट्टी हुने गरी २/४ दिनको विदा सुचना काटछौ । यसरी नै वर्षौ देखि गर्मी र जाडो विदाको झारो टार्दै आएको इतिहास हामीसँग छ । यसरी विदा माग गर्दा आंशिक रुपमा (विद्यालय समय घटाएर) विद्यालय खुल्ने गरी स्थानीय तहहरुले विद्यालय सञ्चालनमा सहजीकरण गरेको पनि थुप्रै उदाहरणहरु छन । तर यसरी विद्यालय समय घटाएर विद्यालय सञ्चालन गर्दा पाठ्यक्रमले तोकेको वार्षिक पाठ्यघण्टी पुग्लान त ? त्यो सम्भवना नै छैन । हाम्रो नजीकको छिमेकी मुलुक भारत, जससँग हाम्रो देशको १८५० किमी साँझा सिमाना छ, त्यहाको शैक्षिक सत्र आरम्भ र अन्त्य उपयुक्त समयमा भएको देखिन्छ ।

हामीले गर्मी बढी भयो विद्यालय बन्द गरिनु पर्दछ् भनेर सामाजिक सञ्जालमा खनिइ रहदा त्यहाँका विद्यार्थीहरु परीक्षा सकेर विदाको आनन्द लिइरहेका हुन्छन । अभिभावकहरु बालबच्चा सहित बिभिन्न पर्यटकीय क्षेत्रहरुको भ्रमणमा निस्किएका हुन्छन । नतिजा प्रकाशन भएर भर्ना पश्चात विद्यालय खुल्दा सम्म गर्मी सकिइसकेको हुन्छ, पढाइको वातावरण अलिकति भएपनि आफै राम्रो भएको महशुस हुन्छ । यस्ता राम्रा अभ्यास हामीले पनि भित्र्याउने कि ? सरोकारवाला पक्षको ध्यान जानु जरुरी छ । गर्मी÷जाडो बढ्यो बालबालिकालाई विद्यालय आउन जान गाह्रो भयो भन्दा विद्यार्थीलाई होइन मास्टरहरुलाई हो गर्मी÷जाडो भएको भनि शिक्षकहरुका विरुद्ध खनिनु भन्दा उपयुक्त प्रणालीको खोज गरी शिक्षकहरुलाई काम गर्ने वातावरण सृजना गर्नु बढी बुद्धिमानी मानिन्थ्यो ।

लेखक : हिरा सिह ऐरी
पद : शिक्षक
विद्यालय : श्री सिद्धनाथ माध्यमिक विद्यालय भीमदत्त नगरपालिका वार्ड न ९ ब्रह्मदेव, कञ्चनपुर