सन्दीपलाई अमेरिकाले फेरि दिएन भिसा

काठमाडौँ- नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि भिसा दिन अस्विकार गरेको छ । बुधबार अपरान्ह अन्तर्वार्ताका लागि अमेरिकी राजदूतावास पुगेका उनलाई अमेरिकाले पुन: भिसा दिन अस्विकार गरेको हो ।

maya metro hospital

यसअघि जेठ ९ मा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले टी-२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

attariya hospital

२ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको निलम्बन फुकुवा गरेको थियो र उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.