धनगढी- धनगढीमा एक युवक मृत फेला परेका छन् । बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरका ३२ वर्षीय संजय राना मृत फेला परेका हुन् ।
उनी धनगढी–३ वडारास्थित जंङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनी यही जेठ १२ गतेबाट बेपत्ता रहेका थिए ।