अत्तरिया – कैलालीको धनगढीका विद्यालय बन्द गरिएका छन । अत्याधिक गर्मी बढेपछि उपमहानगरभित्र रहेका सबै विद्यालयहरु एक साताका लागि बन्द गरिएका हुन ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्येनजर गदै जेठ १८ गते देखि २४ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी विदा दिइएको उल्लेख छ ।

धनगढीमा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज न्यूनतम ४२ देखि ४४ डिग्री तापक्रम रहने अनुमान गरिएको छ ।


















