लालपुर बजारको आगलागीबाट ३ पसलमा क्षति

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा आगलागी हुँदा ३ पसलमा क्षति भएको छ । लालपुर चौराह नजिकै रहेका न्यू भुवन हार्डवेयर, भैरव एग्रोभेट र एमजे जुत्ता पसलमा आगलागी भएको हो ।

maya metro hospital

आगलागीबाट अनुमानित साढे ४२ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंग बहादुर थापाले जानकारी दिए । उनका अनुसार सुरुवातमा आगलागी भएको न्यू भुवन हार्डवेयरमा सबै भन्दा बढी क्षति भएको छ । पसल सञ्चालकका अनुसार उक्त पसलमा अनुमानित ४० लाख बराबरको क्षति भएको थापाले बताए ।

उनले उक्त पसल आसपास रहेका भैरव एग्रोभेटमा अनुमानित १ लाख र एमजे जुत्ता पसलमा अनुमानित डेढ लाख बराबरको क्षति भएको बताए । आगलागीबाट न्यू भुवन हार्डवेयर भने जलेर पुरै नष्ट भएको प्रहरीले जनाएको छ । नजिकै भएकाले अन्य पसलहरुमा भने आंशिक क्षति भएको बताईएको छ ।

attariya hospital

बुधबार दिउँसो लागेको आगो गोदावरी नगरपालिकाको दमकल, प्रहरी र स्थानिय मिलेर निभाएका थिए । आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.