खप्तडको प्रर्वद्धनका लागि म्याराथन प्रतियोगिता हुने

डोटी – डोटीमा खप्तड–शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । खप्तड क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यले डोटी उद्योग वाणिज्य संघले तेस्रो संस्करणको रुपमा म्याराथन प्रतियोगिता (पुरुष र महिला) को आयोजना गर्ने भएको हो ।

maya metro hospital

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले खप्तड क्षेत्रमा असार ३ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको छ ।

३ हजार ३ सय फिटको उचाइमा रहेको खप्तडको त्रिवेणी धाम देखि डोटीको सदरमुकाम शैलेश्वरी मन्दिरसम्मको ४२.१९६ किलोमिटरको दुरीमा म्याराथन प्रतियोगिता हुने बताईएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई एक लाख, दोस्रोलाई ७० हजार र तेस्रो हुनेलाई ४० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

attariya hospital

म्याराथनका साथै खप्तडमा भलिबल, देउडा, घोडा दौड लगायका प्रतियोगिताहरु पनि आयोजना गरिने संघका अध्यक्ष विक्रम साउँदले बताए । प्रतियोगितामा सहभागिता हुन चाहने धावकले नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीमा अनलाइनमार्फत फर्म भर्न सक्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.