खाेज्नुहाेस

डडेल्धुराबाट लागुऔषधसहित एकजना पक्राउ

Image

डडेल्धुरा – लागुऔषध सहित डडेल्धुराबाट एक जना पक्राउ परेका छन ।

navjiwan hospital

जिल्लाको अजयमेरु गाउँपालिका–२ चमडाका ५५ वर्षीय डम्बरसिंह बोहरालाई मंगलबार साँझ लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

add everest academy
attariya hospital

गोप्य सूचनाको आधारमा बोहराको घरमा चेकजाँच गर्दा घरको माथिल्लो कोठाबाट १ किलो २०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याई थप अनुसन्धान भइरहेको बताईएको छ ।