खाेज्नुहाेस

अत्तरिया जेसिजद्वारा जनचेतनामुलक कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालिको अत्तरियामा रहेको जनकल्याण सेकेन्डरी स्कुलका किशोरिहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना दिइएको छ ।

सोमबार अत्तरिया जेसिजले एक कार्यक्रमको आयोजना गर्दै उक्त बिध्यालयमा अध्ययनरत किशोरीहरुलाइ स्वास्थ्य सम्बन्धि जनचेतना दिएको हो ।

attariya hospital
navjiwan hospital

समाजमा ब्याप्त रहेको कुरितिहरुको अन्त्य गर्ने अभियान स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको अत्तरिया जेसिजका खेलकुद संयोजक हेमन्तराज जोशी (बाजे) ले बताएका छन । उनले किशोरी तथा महिला हरुलाई स्वास्थ्य सम्बन्धी उपयोगीमुलक र सन्देशमुलक जानकारी दिन कार्यक्रम महत्वपुर्ण साबित भएको बताए ।

कार्यक्रममा बोल्दै बिध्यालयका संचालक योगेन्द्र हमालले किशोर अवस्थामै स्वास्थ बारे ज्ञान दिने तालिम संचालन हुनु सकारात्मक पक्ष रहेको बताए। उनले किशोर अवस्थामा स्वास्थ बारे जनचेतना अभिबृद्दी गर्दा स्वास्थ समस्याहरु समाधान हुने बताए ।

जेसिज अत्तरियाका अध्यक्ष प्रकाश मल्ल को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव बम बहादुर बोगटीले गरेका थिए । कार्यक्रम मा अत्तरिया जेसिजका निवर्तमान अध्यक्ष मान ऐरले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।