घुम्रपात र आँधीका कारण अमेरिकामा कम्तीमा १५ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन् र लाखौँ जनता बिजुलीविहीन बनेका छन् ।

maya metro hospital

उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएको र आइतबार विभिन्न राज्यहरूमा लगभग ५ लाख मानिस बिजुली बिना थिए ।

टेक्सासको कुक काउन्टीका शेरिफ रे स्यापिङटनले त्यहाँ मृत्यु हुनेमा २ र ५ वर्षका दुई बालबालिका र एउटै परिवारका तीन सदस्य रहेको बताए । ‘त्यहाँ भग्नावशेष मात्र बाँकी छ,’ भ्याली भ्यू क्षेत्रका शेरिफले भने, ‘यो शक्तिशाली घुम्रपातले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रमध्ये एक थियो । विनाश धेरै गम्भीर छ ।’

attariya hospital

काउन्टीबाट प्राप्त फुटेजले पेट्रोल स्टेसन र रेस्ट स्टप लगभग पूर्ण रूपमा ध्वस्त भएको देखाएको छ । यता ट्विस्टरहरूले ट्रकहरू पल्टाएपछि डलास नजिकैको राजमार्ग बन्द भएको छ । यस क्षेत्रमा पनि हजारौँ मानिसहरूलाई बिजुलीविहीन छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.