अत्तरिया – कैलालीमा एकै दिन २५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डलले मानव एकता दिवसको अवसरमा शनिबार कैलाली जिल्लाका अत्तरिया, टीकापुर लगायतका पाँच स्थानमा आयोजना गरिएको रक्तदानबाट २५३ पिन्ट रगत सङकलन भएको हो ।

‘रगत नालीमा होइन नाडीमा बगाऔं’ भन्दै आज देशभरका ३९ जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरिएको र त्यसमा सबैभन्दा बढी कैलाली जिल्लामा रगत सङ्कलन हुने गरेको मण्डलका राष्ट्रिय अध्यक्ष नरबहादुर रावलले बताए ।

जसअन्तरगत अत्तरियामा ३८ पिन्ट रगत सङकलन भएको छ ।
‘गर्मीको समयमा कैलालीमा रगतको माग ह्वात्तै बढ्छ’ नेपाल रेडक्रस सोसाइटी कैलालीका उपसभापति बलबहादुर रावलले भने, ‘सन्त निरंकारी मण्डल यहाँको ठुला रक्तदाता संस्था हो, सम्भव भएका अरु संस्थाहरुले रक्तदान गरेर सहयोग पु-याउन सकिन्छ ।’

















