खाेज्नुहाेस

स्वास्थ्य सजगता अपनाऔँ

Image

लगातार २ देखी ३ वर्षसम्मको कोरोना महामारीको कहरले सताएका आम नागरिक विस्तारै त्यो भयानक समय विर्सिदै गईरहेका छन । देशको चौतर्फी क्षेत्र अस्तव्यस्त बन्यो । देशमा आर्थिक मन्दी लाग्नुको मुख्य कारण पनि कोरोना महामारी नै थियो ।

सन् २०१९ मा छिमेकी राष्ट्र चीनको वुहान प्रान्तबाट उत्पत्ति भएर विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ बाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वमा भएको मानवीय क्षति, पछाडि धकेलिएको भौतिक विकास एवं आर्थिक मन्दीले लय समात्न सकिरहेको छैन । अनेक प्रकारका खोपको विकासले संक्रमण नियन्त्रणमा आएको भए पनि पूर्ण रूपमा निर्मूल भने भएको छैन । बेला मौकामा नयाँ प्रजातिका रूपमा देखा पर्ने सङ्क्रमणका कारण पुनः ठुलै सङ्क्रमण त फैलिने होइन भन्ने त्रास कायमै छ । त्यो त्रासलाई पुनः एक पटक कोरोना महामारीको नयाँ भेरियन्टले ब्युताईदिएको छ ।

attariya hospital
navjiwan hospital

नेपालमा कोभिड–१९ को नयाँ प्रजातिका रूपमा ओमिक्रोन, नयाँ उपप्रजाति ‘जेएन–१’ पनि देखिईसकेको छ । त्यतिमात्रै नभई पछिल्लो चरणमा स्वरूप परिवर्तन भएर नयाँ प्रजाति विकास हुँदै रहने कोरोनाको ‘केपी–१’ र ‘केपी–२’ नामकरण गरिएका दुई उपप्रजाति पनि नेपालमा देखिएका छन । यसले गर्दा कतै ठुलै महामारीको रूप लिने त होइन भन्ने त्रास पुनः एकपटक आमजनसमुदायमा देखिएको छ ।

तर स्वास्थ्य मन्त्रालयले ओमिक्रोनकै नयाँ उपप्रजाति ‘केपी–१’ र ‘केपी–२’ उति असरदार नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको जनाएको छ । तर धेरै असरदार नभएपनि स्वास्थ्य सतर्कता अपनाउन भने आवश्यक देखिएको छ । भनिन्छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हो । स्वास्थ्य सतर्कता अपनाउन सक्यो भने रोगबाट टाढा रहन सकिन्छ । स्वास्थ्यका लागि आहार बिहार, फोहोरमैला लगायतका कुराहरुबाट सजग रहनुपर्दछ ।

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन अपिल गरेको छ । मन्त्रालयको अपिललाई सामान्य रूपमा नलिई सबैले पालन गर्न जरुरी छ । वर्षायाममा उसैपनि विभिन्न किसिमका मौषमी रोगहरु देखिने गर्दछन् । त्यसमा अहिले कोरोना को नयाँ उपप्रजाती ‘केपी–१’ र ‘केपी–२’ देखिएका छन । यस्ता संक्रमणहरु बेलामौकामा देखिईरहेको अवस्थामा आफुले स्वास्थ्य सजगता नअपनाए समस्यमा पर्न सकिन्छ । तसर्थ स्वास्थ्य सजगता अपनाऔ, निरोगी बनौ ।