गुजरातको मनोरञ्जन पार्कमा भएको आगलागीमा परी २७ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

maya metro hospital

राजकोटका प्रहरी आयुक्त राजु भार्गव का अनुसार गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको हो ।

उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको उनले बताए । उनले भने, ‘गेमिङ जोन युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।’

attariya hospital

उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन । टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.