खाेज्नुहाेस

धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम प्रभावकारी बन्दै

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उपमहानगरले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो । गएको साउनदेखि वैशाखसम्म तीन हजार ४६ जना बिरामीले सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

navjiwan hospital

कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए ।

attariya hospital

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गएको साउनदेखि १९ वटै वडामा हरेक महिना विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन हुँदै आएको उनको भनाइ छ । क्लिनिकमा बिरामीको निःशुल्क जाँचका साथै औषधि पनि निःशुल्क दिने गरिएको छ ।