खाेज्नुहाेस

बझाङका २ विद्यालयमा छात्रामैत्री शौचालय निर्माण 

Image
प्रदिप मलासी, बझाङ – बझाङको जयपृथ्वी नगरपालिका – ३ का २ वटा विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरिएको छ । वल्र्डभिजन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग, प्रगतिशील युवा समाज बझाङ सँगको साझेदारी,  जयपृथ्वी नगरपालिका सँगको समन्वय र स्थानीय समुदायको सहयोगमा भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र बालमैत्री शौचालय निर्माण गरिएका हुन ।
attariya hospital
उक्त शौचालय शुक्रवार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तर गरिएका छन् । लामो समय देखि गुणस्तरीय शिक्षाका सवालमाका काम गर्दै आएको वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र प्रगतिशील युवा समाज बझाङले सरस्वती आधारभूत विद्यालय  र भैरव आधारभूत विद्यालय सिमलतोलालाई २ कोठे शौचालय निर्माण गरी हस्तान्तरण गरेका हुन ।
सरस्वती आधारभूत विद्यालयमा ६० विद्यार्थीको लागि १५ लाख १९ हजार ४ सय ३४ रुपियाँ र  भैरव आधारभूत विद्यालयमा करिब ४० जना विद्यार्थीको लागि १५ लाख २६ हजार १ सय २ रुपियाँको लागतमा शौचालय निर्माण गरिएको छ ।
शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले संस्थाले निर्माण गरिदिएका शौचालय बालबालिका लागि भएकाले यसको संरक्षण र सरसफाइमा विद्यालयले ध्यान दिन जरुरी रहेको बताए ।
उनले सबै खाले सेवा सुविधा सहितको शौचालय बनेकाले यसको संरक्षण ‘गरिब बाहुनलाई हात्ती दान’ दिए सरह नभई यसको उपयोग र संरक्षणको जिम्मेवारी विद्यालय स्वयमले लिनुपर्ने बताए ।
navjiwan hospital
नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय पाठ्यक्रमको निर्माण विद्यालय समायोजन लगायतका कार्यलाई निरन्तरता दिएको बताउँदै उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका शिक्षकहरूकै प्रमुख भूमिका रहने बताए ।

प्रगतिशील युवा समाजका सहसचिव प्रविन्द धामीले आगामी दिनहरूमा शिक्षा क्षेत्रको थप सुधारका लागि वर्ल्ड भिजन इन्टरनेशनलले थप योजना निर्माण गर्ने भएकाले अहिले निर्माण गरिएको शौचालयको प्रयोगलाई चुस्त दुरुस्त राखे आगामी सहयोगको बाटो खुल्ने बताए । उनले आफूहरू शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक सामाग्रीको वितरण विद्यालय भवन निर्माण शौचालय निर्माण लगायतका क्षेत्रमा कार्य गदै आएकोले दिन प्रति दिन विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भए शैक्षिक सुधारका कार्यक्रम थप हुँदै जाने बताए ।
उनले प्रगतिशील युवा समाज विगत २ दशक देखि समाज रूपान्तरणका लागि विभिन्न गैर सरकारी संस्थाहरू सँगको सहकार्यमा काम गर्दै आएको बताउँदै उनले हाल शिक्षा, जीविकोपार्जन लगायतका परियोजना तयार पारि जिल्लाका विभिन्न स्थानीय तह र ग्रामीण भेगमा काम गर्दै आएको बताए ।
वर्ल्ड भिजन इन्टरनेशनल पश्चिम कार्यालय प्रोग्राम लिड केशव राज भट्टले  विद्यालयका लागि निर्माण गरिने कुनै पनि भौतिक संरचना प्राकृतिक प्रकोपको जोखिम नहुने ठाउँमा निर्माण गरिनुपर्ने बताए । उनले बालबालिकाहरूको सुनौलो भविष्य निर्माण गर्न सरसफाइलाई गुणस्तर शिक्षाको मेरुदण्डका रूपमा लिई सबै खाले बालबालिका लागि सहज हुने शौचालय निर्माण गरिएको बताए ।
वर्ल्ड भिजन सरकारको एक परिपूरक अङ्गका रूपमा काम गर्ने निकाय भएकाले सबै कुरामा सरकार सँगै समन्वय र सहकार्य गरी शिक्षा क्षेत्रको सुधारका लागि अगाडी बढ्ने उनले बताए ।