
अत्तरिया- डडेल्धुरामा लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन् । हिजो अमरगढी नगरपालिका-४ खलंगाबाट सोही ठाउँ बस्ने २४ वर्षीय मिनबहादुर विष्ट पक्राउ परेका हुन् ।
उनलाई १०० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले बताएको छ ।



















