अत्तरिया- डडेल्धुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । हिजो जिल्लाको परशुराम नगरपालिका-५ ठकुरी टोल बस्ने अन्दाजी ५१ वर्षका गणेश लुहारको भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।
उनी घरबाट माछा मार्न जान्छु भनी परशुराम-५ महाकाली किनार (घोप्टे) भन्ने ठाउँ गएकामा हावाहुरिका कारण भिरबाट ढुङ्गा खसी टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट आवश्यक अनुसन्धान भइरहेको छ ।