खाेज्नुहाेस

अत्तरियामा एसइई फुटबल कप सुरु

Image

अत्तरिया – कैलालीको अत्तरियामा एसइई फुटबल कप २०८१ सुरु भएको छ । त्रिनयन नेपाल र मानाङ्क फाउन्डेसन नेपालको आयोजना तथा अत्तरिया टेक्निकल कलेजको सह आयोजनामा आजदेखी प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका प्रवत्ता तथा वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले खेलकुदले व्यक्तिको शारिरीक एवम् मानसिक विकास हुने बताए । उनले स्वास्थ्यका लागि खेलकुदको महत्व एकदमै बढी रहेको बताए । उनले खेलकुद स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रलाई चिनाउनलाई पनि उपयोगी भएको बताए ।

attariya hospital
navjiwan hospital

‘खेल स्वास्थ्य र राष्ट्र दुवैका लागि हो’ उनले भने ‘खेलकुदका माध्यमले मानिस निरोगी बन्न सक्छ भने देशलाई अन्तरराष्ट्रिय स्तर सम्म चिनाउन मद्दत गर्छ ।’ उनले खेलकुदमा हारजित भन्दा पनि अनुशासन महत्वपुर्ण हुने बताए । ‘खेलकुदले मानिसलाई अनुशासित बनाउछ’ उनले भने ‘हारजित त तपसिलका कुरा हुन ।’

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि निजि तथा आवाशिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष जगविर थापाले वर्तमान समयमा डिजिटल खेलमा रमाईरहेको पुस्तालाई फिजिकल खेलकुदका माध्यमा फर्काउन आयोजकले थालेको पहल उदाहरणीय भएको बताए । उनले यस्ता खेलकुदका माध्यमले डिजिटल माध्यममा भुलिरहेका बालबालिकाहरुलाई शारिरीक रुपमा खेलकुदमा सहभागि गराई उनिहरुको शारिरीक एवम् व्यक्तित्व विकास गर्न सकिने बताए । ‘कुनै पनि देशको विकास गर्नु छ भने त्यो देशका युवाहरु शारिरीक एवम् मानसिक रुपमा स्वस्थ हुनुपर्दछ’ उनले भने ‘त्यसका लागि खेलकुदको योगदान महत्वपुर्ण छ, यसले मन मस्तिष्कलाई सफा गर्ने पनि गर्दछ ।’

यही जेठ १५ गतेसम्म आयोजना हुने प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहेको आयोजक त्रिनयन नेपालका अध्यक्ष जय बहादुर धामीले बताए । उनले समयको सही सदुपयोग गराउन युवाहरूलाई कुलतबाट जोगाउन, स्थानीय स्तरमा रहेका खेलप्रेमि युवाहरूलाई प्रोत्साहनका साथै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व विकास गराउने उद्देश्यले आयोजना गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले आईरन गेटका रुपमा लिईने एसईई पश्चातको समयमा अगाडी जान युवापुस्ताहरुले त्यो बिचको अवधीमा केही सकारात्मक कुराहरु सिक्न पाउन भन्ने उद्देश्य आफुहरुको रहेको बताए ।

प्रतियोगिता गोदावरी नगरपालिका – २ मा रहेको बनदेव युवा क्लबको खेल मैदानमा भैरहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार ३०, द्धितिय पुरस्कार २० हजार २० र उत्कृष्ट गोलकर्ता र गोलकिपरलाई ३÷३ हजारका दरले पुरस्कार दिइने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि एभरेष्ट एकेडेमी, डिएमसी होटेल म्यानेजमेन्ट लगायतका विभिन्न संघसस्थाहरु सँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।