खाेज्नुहाेस

अत्तरियामा बसको ठक्करबाट पानी बेच्दै आएकी महिलाको मृत्युपछि तनावग्रस्त अवस्था

Image
अत्तरिया – कैलालीको गोदावरी–२ स्थित अत्तरिया बसपार्कमा बसहरूमा सामान बेच्ने एक महिलाको बसले किच्दा मृत्यु भएको छ । बसहरूमा पानी, भुजा लगायतका सामान बेच्दै आएकी गोदावरी नगरपालिका – १ मा बस्दै आएकी अन्दाजी ५० वर्षीय सिन्की बोहराको मृत्यु भएको हो । महिलाको बसले किच्दा घटना स्थलमै मृत्यु भएको थियो ।
attariya hospital
उनलाई महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले पानी, भुजा बेचिरहेकी अवस्थामा बसले किचेको थियो ।
navjiwan hospital
बसले ब्याक गरेर किचेको भन्दै स्थानीय आक्रोशित भएका छन् । उनी सँगै पानी बेच्दै आएका महिलाहरूले सुरुमा टायर मुनी खुट्टा परेको भए पनि पछि बस ब्याक गरेर किचेको बताएका छन् । यद्यपि बस ब्याक गरेर किचेको बारेमा आधिकारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय र आफन्तले बस चालकलाई कडा कारबाहीको माग गरेका छन् ।
महिलालाई बसले किचेपछि स्थानीय र आफन्तले आइतबार साँझ अत्तरिया बजारमा सवारी आवागमन अवरुद्ध गरेका थिए भने सडकमा टायर समेत बालेका थिए । स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेर ढुङ्गा मुडा समेत गरेका थिए ।
बस र चालक दार्चुलाको मालिकार्जुन–२ बस्ने २४ वर्षीय रोहितसिंह धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।