खाेज्नुहाेस

गेटामा यसैवर्ष देखि प्राविधिक कार्यक्रम सञ्चालन गरिने

Image

अत्तरिया – कैलालीको गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसैवर्ष प्राविधिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

navjiwan hospital

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन । उनले नीति तथा कार्यक्रममा यसै वर्ष गेटामा ३ सय शैय्या क्षमताको मेडिकल कलेज सञ्चालन गरेर प्राविधिक कार्यक्रम पनि यसै वर्ष सञ्चालनमा ल्याइने बताए ।

attariya hospital

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गेटा विश्वविद्यालय सम्बन्धी विधेयक अधिवेशनमा प्रस्तुत गरेर अस्पताल सञ्चालनमा ल्याइने जनाएको थियो ।

गत वर्षको घोषणा अनुसार सरकारले हाल १ सय शैय्याको अस्पताल सञ्चालनमा ल्याएको भएपनि विधेयक भने अझै प्रतिनिधि सभामा पेश हुन बाँकी रहेको छ । उक्त विधेयक राष्ट्रिय सभाबाट भने पारीत भइसकेको छ ।