गौरीगंगामा कान र दाँतको निःशुल्क चेकजाँच शिविर आयोजना

गौरीगंगा – कैलालीको गौरीगंगामा १ दिने कान तथा दाँतको निःशुल्क चेकजाँच शिविर आयोजना गरिएको छ । हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा –६, वनवेहडाको आयोजना, सुदूरपश्चिम डेन्टल अस्पताल इन्प्याक्ट नेपालको सहकार्य तथा गौरीगंगा वडा नम्बर ६ को समन्वयमा १ दिने शिविर आयोजना गरिएको हो ।

maya metro hospital

शिविरमा १०३ जना कानको र १२० जना दाँतको निशुल्क चेकजाँच गरिएको हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए ।

शिविरमा दातको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने डेन्टलका डा.रोशन भट्टले बताए ।

attariya hospital

सोमबार सम्पन्न शिविरमा गौरीगंगा नगरपालिका नगर प्रमुखले देबिदत्त कडेँल प्रमुख अतिथि रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.