डोटीमा एक जना मृत फेला

अत्तरिया- डोटीमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षका यज्ञबहादुर छेडाल मृत फेला परेका हुन् ।

maya metro hospital

उनी दहदेखि होलिसैन जाने गोरेटो बाटोबाट अन्दाजी २५ फिट तल खोल्सोमा मृत अवस्थामा फेला परेका प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय विपिनगर, डोटीबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.