डोटी – डोटीको आदर्श गाउँपालिका – २ डम्मरेमा आगलागीबाट एक घर जलेको छ । स्थानीय खेमराज ओझाको गोठमा आगलागी भएको हो ।
जंगलमा लागेको आगोले गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्य तीन वटा गोठमा पनि क्षति पुगेको स्थानीयले बताएका छन । आगलागीबाट ४ लाख बराबरको क्षति भएको ओझाले बताए ।