
कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर स्थित महेन्द्रनगर बर्गर हाउसले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार बर्गर हाउसले आयोजना गरेको रक्तदानमा २० जनाको सहभागिता रहेको थियो ।
रगत अभाव हुन नदिन रक्त दान गरिएको बर्गर हाउसका संचालक हेमराज भट्टले बताए । संकलन गरिएको रगत रेडक्रस महेन्द्रनगरमा बुझाइएको छ ।


















