धनगढीको सुदृष्टि आँखा केन्द्रद्वारा पत्रकारको निःशुल्क आँखा चेकजाँच

धनगढी – धनगढी उपमहानगरपालिका – ५ हसनपुरमा रहेको सुदृष्टि आँखा केन्द्रले पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच गरेको छ । शुक्रबार पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा सुदृष्टि आँखा केन्द्रले १२ जना पत्रकारको निःशुल्क आँखा चेकजाँच गरेको हो ।

maya metro hospital

स्थापना दिवसको अवसरमा पत्रकार साथीहरुलाई राहत होस् भनेर सुदृष्टि आँखा उपचार केन्द्रमा निःशुल्क आँखा चेकजाँचको व्यवस्था मिलाएको पत्रकार श्रवण देउवाले जानकारी दिए । पत्रकार साथीहरु बिभिन्न रिर्पोटिङमा जाँदा होस् या अफिसमै कम्युटरमा बसेर काम गर्दा आँखा सम्बन्धी रोग लाग्ने सम्भावना भएकाले यो ब्यवस्था आफैले मिलाएको उनले बताए ।

सुदृष्टि आँखा केन्द्रकी सञ्चालक डा. सावित्री भट्टले चेकजाँचका क्रममा पत्रकारहरूलाई चश्मामा १५ प्रतिशत र सनग्लासमा २० प्रतिशत छुट दिइएको बताइन् । उनले पत्रकारलाई अन्य दिनमा पनि विशेष छुट दिने व्यवस्था रहेको जानकारी दिइन् ।
सो अवसरमा धनगढी लगायत अन्य क्षेत्रमा कार्यरत पत्रकारहरूले पनि आँखा चेकजाँच गरेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.