अत्तरिया – सुदूरपश्चिमको १ सहित २३ वटा निर्माण कम्पनिहरुलाई कालोसुचिमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै २३ वटा निर्माण कम्पनिहरुलाई कालोसुचिमा राखेको हो ।
तोकिएको अवधीमा तथा कानुन अनुसार काम नगर्ने सुदूरपश्चिमको श्री आई.एस. कन्स्ट्रक्सन प्रा.लि. दिपालयलाई कालोसुचिमा राखिएको छ ।
उक्त कम्पनिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसुचिमा राखेको हो । कार्यालयले कालोसुचिमा राखेका कम्पनिहरुलाई एक वर्षदेखी ३ वर्षसम्मका लागि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ ।