डोटीको एक घरमा आगलागी

अत्तरिया- डोटीको एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार केआइसिंह गाउँपालिका-१ लोलीस्थित जोगेनी विकको ढुङ्गा माटोले बनेको खरले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो ।

maya metro hospital

घरभित्र चुलोमा बालेको आगोबाट हिजो दिउँसो अचानक आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामानहरु गरी अन्दाजी २ लाख ९४ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.