५ वर्षको अवधीमा डडेल्धुरामा २५ जना छयरोगीको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा पछिल्ला ५ वर्षको अवधीमा २५ जना छयरोगीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा चालु आर्थिक वर्षको फागुन मसान्त सम्म छयरोगका कारण ६ जनाको मृत्यु भैसकेको छ ।

maya metro hospital

जसमा नवदुर्गा गाउँपालिकाका ४ र भागेश्वर गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए । क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको उनले बताए ।

स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३ जना, आव ०७७/७८ मा ६ जना, आव ०७८/७९ मा ३ जना र आव ०७९/८० मा ७ जनाले छयरोगका कारण ज्यान गुमाईसकेका छन । चालु आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा ८९ जनामा क्षयरोग संक्रमण देखिएको छ । जसमध्ये अमरगढी नगरपालिकामा २१, परशुराम नगरपालिकामा १९, नवदुर्गा र भागेश्वर गाउँपालिकामा ११÷११ तथा आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिमा ९÷९ जना संक्रमित भेटिएका छन् ।

attariya hospital

क्षयरोग एक सरुवा रोग हो । जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन् ।

हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन् । तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ । क्षयरोगको निदान औषधिबाटै हुन्छ । यसमा बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ । यसको औषधि देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइन्छ । औषधि खाँदा खानेकुरा बार्नुपर्दैन । एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने गर्दछ । सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने र २०५० सम्म उन्मूलन गर्ने लक्ष्य नेपाल सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.