सर्वोच्चबाट हतियारसहित पक्राउ परे दुर्गा प्रसाईंका बडीगार्ड

काठमाडौँ- सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेको पाइएपछि एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालका अनुसार सोमबार झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का पक्राउ परेका हुन् ।

maya metro hospital

सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.